थप १३० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं  ११, साउन २०७७।

आइतबार थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।   नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ८ सहित थप १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमितमध्ये काठमाडौंका ८ जना  छन् ।

पछिल्लो २४ घण्टामा थप ७५ जनाले कोरोना जितेको छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १३ हजार १२८ पुगेको छ ।

हाल देशभर निको भएकासहित कूल संक्रमितको संख्या १८,६१३ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया