थप ३८० जनामा कोरोना, संक्रमितको संख्या ६५९१ पुग्यो

काठमाडौं २ असार,।

नेपालमा मंगलबार थप ३८० जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म कुल सं‌क्रमितको संख्या ६५९१  पुगेको छ । त्यसमध्य ४९९ महिला र पुरुष ६ हजार ९२ रहेको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

त्यस्तै पछिल्लो २४ घण्टामा ११७ जना उपचारपछि डिस्चार्ज भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया