थप ६ विमान किन्दै नेपाल एयरलाइन्स

काठमाडौँ १६ फागुन

नेपाल एयरलाइन्सले थप छ वटा विमान खरिद गर्ने भएको छ। विमान खरिद गर्न व्यवसायिक योजना बनाइरहेको राष्ट्रिय ध्वजाबाहकले आवस्यक रकमको पनि खोजी गरिरहेको छ। यो खबर आजको नयाँपत्रिका दैनिकमा अच्युत पुरीले लेखेका छन्।

यही आर्थिक वर्षभित्र २ एयरबस वाइडवडी ए ३३० विमान ल्याइसक्ने तयारीमा रहेको एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानकै लागि थप २ ए३२० सिरिजका न्यारोवडी विमान खरिद गर्ने योजनामा रहेको छ। त्यस्तै निगमले आन्तरिक उडान गर्न ४ ट्वीनअटर विमान पनि किन्ने योजना बनाएको छ।

छ विमान खरिद गर्न निगमले २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ।

हाल लगानी प्राविधिक अध्ययन भइरहेको र लगानीका बारेमा पनि छलफल जारी भएकोले निष्कर्ष आउनेवित्तिकै स्वीकृतिका लागि संचालक समितिमा लिने एयरलाइन्सका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया