थाइल्याण्डमा पूर्वराजा दुःखी

काठमाडौँ ३१ श्रावण

पूर्वराजा ज्ञानेन्द्र शाहले तराइमा आउको बाढीबाट धनजनको क्षति भएकोमा दुःख व्यक्त गरेका छन्।

थाइल्यान्डमा रहेका पूर्व राजा शाहले एक विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि परेको अबिरल बर्षाले देशको तराईलगायत विभिन्न भू भागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपले क्षति पुर्‍याएकोमा गम्भीर चिन्ता व्यक्त गर्दै विपतको यस घडीमा उक्त क्षेत्रका जनतालाई राहात एवं उपचार उपलब्ध गराउन सबैलाई आग्रह गरेका छन्। यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ।

उनले प्रक्रोप नियन्त्रणका लागि सम्बन्धित पक्षले तदारूकता देखाउनेछ भन्ने विश्वास लिएको विज्ञप्तिमा जनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया