थालासिमया रोग सम्बन्धि ग्रीस सम्मेलन सम्पन्न

बिजनेसपाटी ६ पौष ।
रगत सम्बन्धि अर्बुद रोग मानिएको र विरलै मान्छेहरुमा लाग्ने थालासिमिया रोग सम्बन्धमा ग्रीसमा ‘१४औ अन्र्तराष्ट्रिय थालासिमिया तथा हेमोग्लोविनोप्यथिज सम्मेलन’ तथा ‘१६ औ थाईलिसिमिया इन्र्टरनेशनल संगठनको सम्मेलन’ एकसाथ सम्पन्न भएको छ । हालैको नोबेम्बर १७ देखि १९ मा ग्रीसको थेसालोनिकि भन्ने ठाउँमा आयोजित सो सम्मेलनमा विश्वभर गरेर ७० देशका प्रतिनिधिहरु सहभागी थिए । सम्मेलनमा नेपालबाट थालासिमिया सम्बन्धी रोगका वीज्ञ परामर्शदाता एवं यसै रोगका रोगी पारसनाथ मिश्र सहभागी थिए । त्यहाँ विभिन्न देशका वीज्ञ, डाक्टर तथा विरामीहरु, वैज्ञानिकहरुको सहभागिता थियो । थालासिमिया तथा सिक्कलसेल रोगको नयाँ रिसर्च तथा यस रोगको चुनौतीहरु एवं सामाधानको विषयमा सम्मेलन केन्दित रहेको मिश्रले बताए ।

साथै विभिन्न देशका सरकारहरुले यसमा सक्रियताका साथ कसरी लाग्ने र विरामीलाई कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भएको उनले बताए । पारसनाथले सो सम्मेलनमा विभिन्न देशहरुमध्ये नेपाल आर्थिक रुपमा गरिव देश भएको र स्वास्थ्य सम्बन्धी आवश्यक नीति नियम नहुँदा विरामीले चौतर्फी चुनाती झल्नु परेको बताए । उनले यस रोग सम्बन्धी कम्तिमा आधारभुत उपचारमा पनि नेपालमा विरामीहरुको पहूँच नभएको र उपचार पद्धती एवं आवश्यक मेडिसिन नभएको हुनाले विरामीको अवस्था दयनीय रहेको तथ्य सम्मेलनमा मिश्रले राखे । यस रोगका रोगीहरुको उपचारमा दशक लामो अवधिदेखि सहयोग पु¥याउँदै आएका पारसले नेपालमा त्यसरी काम गर्न सहज नभएको समेत बताए ।

सम्मेलनले सबै मुलुकमा यस्ता रोगीहरुले एकै प्रकारले उपचार पाउन सकुन् र यस रोगबाट कोही प्रताडित हुन नपरोस् भन्ने खालको निर्कष निकालेको थियो । साथै यसका लागि टिआएफले आउँदो दिनमा सार्क मुलुक लगायत नेपाललाई प्राथमिकतामा राखेको बताएको छ । सो सम्मेलनबाट मिश्रले नेपालमा यो रोगको रोकथाम सम्बन्धमा टीआइएफको थप भुमिका पाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया