दर्ता बिहिन फार्मेसीलाई कारबाही गर्न स्वास्थ्यमन्त्री थापाको निर्देशन

काठमाडौं १० भदौ

स्वास्थ्य मन्त्री गगन थापाले दर्ता बिहिन औषधि पसललाई कारबाहीको दायराका ल्याउन औषधि व्यवस्था विभागलाई निर्देशन दिएका छन्।  औषधि व्यवस्था विभागले शुक्रबार गरेको “‘ड्रग एडमिस्टेसन एन्ड म्यानेजमेन्ड सिस्टम” को  उद्घाटन गर्दै मन्त्री थापाले सो निर्देशन दिएका हुन्। बिनादर्ता सञ्चालन हुँदै आएका औषधि पसललाई एक महिना दर्ता गर्ने समय दिने र दर्ता नभएमा बन्द गरी सञ्चालकलाई कारबाहीको दायरामा ल्याउन उनले निर्देशन दिएका हुन्। ‘अहिले पनि कतिपय औषधि पसल बिना दर्ता सञ्चालनमा आइरहेका छन्। यस्ता औषधि पसललाई कारबाहीको दायरामा ल्याउनु पर्छ’, उनले भने। एकजनाको नाममा दर्ता गरी अरु कसैले सञ्चालन गरेका पसललाई पनि कारबाही गर्न उनले निर्देशन दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया