दशैको बिदापछिको सेयर बजारमा दोहोरो अंकको गिरावोट

बिजनेसपाटी ३० असोज

दशैको बिदापछि आज आइतबार खुलेको सेयर बजारमा  नेप्से १६.१४ अंकले घटेको छ । आज  नेप्से १८०३.७४ बिन्दुमा रोकिएको छ   ।    बजारमा आज १ सय २२ कम्पनीका ७ लाख ६७ हजार ५ सय ४४ कित्ता शेयर खरिद बिक्रिबाट ६० करोड ८ लाख ६३ हजार ७ सय १४ रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ ।

आजको कारोबारमा कुमारी बैंक लिमिटेडको सबै भन्दा बढी १७ करोड बराबरको कारोबार भएको छ भने अन्य बढी कारोबार हुने कम्पनीहरुमा एभरेष्ट बैंक, प्रभु इन्स्योरेन्स, बैंक अफ काठमान्डौ लुम्बिनी, ज्योति विकास बैंक रहेका छन। ज्योति विकास बैंकको शेयर मूल्य पनि १० प्रतिशतले बढेको छ ।

आज बढी कमाउनेमा कामना विकास बैंक, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, ज्योतो विकास बैंक,  अपि पावर कम्पनी, जन उत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ता रहेका छन्  ।

आज  दोहोरो अंकले घटेको बजारमा गुमाउनेमा पुर्णिमा  लिमिटेड,नेपाल ग्रामिण विकास बैंक, प्रभु इन्स्योरेन्स लिमिटेड, मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, सोल्टी होटेलका लगानीकर्ता रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया