दसगजामा गुम्बा बनाउँदै भारत

काठमाडौं ३ कात्तिक, ।

भारतले इलामको पशुपतिनगर ४ फाटक र भारतको राङवाङ ग्रापञ्चायतको बीचमा पर्ने नेपाल भारत सीमाको दसगजा क्षेत्रमा भव्य गुम्बा निर्माण सुरु गरेको छ । काठले बनेको पुरानो टासीछलङ गुम्बा भत्काएर सामुदायिक हलसहितको  भव्य पक्की गुम्बा बनाउने तयारी गरिएको जानकारी फटकका स्थानीय अगुवा बुद्ध तामाङले दिएको आजको अन्नपूर्णमा समाचार छ ।

गोरखा जनमुक्ति मोर्चाका अध्यक्ष तथा गोर्खा टोरिटोरियल एडमिन्सटिभ प्रमुख विमल गुरुङले रकम दिने आवश्वासन दिएपछि गुम्बा बनाउन थालेको जानकारी स्थानीयले दिए ।

त्यसका लागि भारत सरकारका तर्फबाट गुरुङले भारु ६० लाख निकास गराएको स्रोतको दाबी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया