दसैँपछि दलहरुको बीच सहमति

बिजनेसपाटि २२ अशोज

एमाले अध्यक्ष केपी ओलीले सबिधान अनुसार निर्धारित समय भित्रनै तीनै तहको निर्वाचन गराउनुपर्नेमा जोड दिएका छन।

बिजया दशमी, दिपावली तथा छठको अवसरमा प्रेस चौतारी नेपाल केन्द्रीय समितिले शुभकामना आदान प्रदानका लागि भक्तपुरको बालकोटस्थित ओली निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले निर्धारित समयमा नै निर्वाचन गर्नुपर्ने आशय ब्यक्त गरेका हुन।

दलहरुले पछिल्लो १० बर्षमा जनताका निमित्त केहि नगरेको पुर्वराजा ज्ञानेन्द्र शाहले आरोप लगाएकोबारे प्रतिक्रिया दिदै अध्यक्ष ओलीले पुर्वराजाले चाहे जस्तो कुनै हालतमा पनि नहुने बताए।  कुनै शक्तिले मुलूकलाई अगाडी बढाउने कुरामा रोक्न नसक्ने बताउदै अध्यक्ष ओलीले दसैँपछि दलहरुको बीचको बढेको दुरी घट्ने र सम्बन्ध सकारात्मक हुने आशा ब्यक्त गरे।
ओलीले संविधानको कार्यान्वयन मार्फत सानातिना समस्या समाधान गरि सम्वृद्धिको दिशामा लम्किने प्रेरणा मिलोस् भनि शुभकामना समेत दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया