दसैंका लागि सर्वसाधारणले भोलिदेखि नयाँ नोट प्राप्त गर्न सक्ने

काठमाडौं ९ अशोज
बडा दसैंका लागि नेपाल राष्ट्र बैंकले आजबाट बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएको छ। भोलिबाटै बैंकहरुले सो नयाँ नोट सर्वसाधारणलाई उपलब्ध गराउने भएका छन्।
राष्ट्र बैंकको कार्यालयबाट भने सर्वसाधारणले असोज १६ गतेबाट नयाँ नोट साट्न सक्छन्। बैंक तथा वित्तीय संस्थाहरुलाई आजदेखि आउँदो १४ गतेसम्म नयाँ नोट उपलब्ध गराइनेछ। राष्ट्र बैंकले एक जनालाई ३७ हजार रुपैयाँ सम्म नयाँ नोट उपलब्ध गराउने भएको छ । नोट थापाथलीस्थित कार्यालयसँगै क्षेत्रीय कार्यालयबाट पनि उपलब्ध हुनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया