दाँत संक्रमणले बाघ जोखिममा

काठमाडौँ १७ पौष

सरकारले सन् २०२२ सम्म नेपालमा बाघको संख्या दोब्बर बनाउने लक्ष्य राखे पनि दाह्रामा लाग्ने रोग ‘क्यानिन डिसपेम्पर’ बाधक बन्न सक्ने देखिएको छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाश तिमल्सिनाले लेखेका छन्।

पछिल्लो समय नेपाल र भारतका बाघका दाह्रामा उक्त रोग देखा पर्न थालेको हो ।

यो रोग सन् २०२२ सम्म नेपालमा दुइ सय ५० बाघ पुर्‍याउने लक्ष्य पूरा गर्न बाधक देखिने खतरा औंल्याइएको हो । हाल नेपालमा बाघको संख्या एक सय ९८ छ ।

बाघविज्ञ डा. महेश्वर ढकालका अनुसार भारत र नेपालका केही बाघमा सो रोग देखिएको छ । रोग लागेका बाघले सिकार गर्न सक्दैनन् । सिकार नगरेपछि बाघको आहारामा कमी हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया