दाङको घोराहीमा एनआईसी एशिया बैंकको ९२ औं शाखा

बिजनेसपाटी ५ असार

एनआईसी  एशिया बैंकले थप नया शाखा  संचालनमा ल्याएको छ ।  बैंकले आफ्नो ९२ औं शाखा आज सोमबारबाट दाङको घोराहीमा संचालनमा ल्याएको हो ।  दाङ उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेले आज सो शाखाको उद्घाटन गरेका हुन् ।

सो शाखा विस्तारसंगै  एनआईसी एशिया बैंक शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक भएको हो ।

बैंकले सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउन  विभिन्न स्थानमा चाँडै थप शाखा संचालन गर्ने योजना समेत अगाडि सारेको बैंकदवारा जारी प्रेस बिज्ञप्तिमा उलेख्य छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया