दाङको बंगलाचुलीमा सिटिजन्स बैंकको ६७ औं शाखा

काठमाडौं,२६ मंसिर  ।

दाङको बंगलाचुलीमा सिटिजन्स बैंक इन्टरनेसनलले ६७ औं शाखा सञ्चालनमा ल्याएको छ ।

सबै नेपालीको बैंक खाता भन्ने नीति अबलम्बन गर्दै बैंकले आर्थिक वर्ष २०७४।७५ मा ७ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले हालसम्म ७४४ ओटा स्थानीय तह मध्य ३ सय ३२ ओटामा मात्रै क वर्गको बैंक पुगीरहँदा यस बैंकको गाउँ गाउँमा शाखा विस्तार गर्ने योजनाले संघीयतालाई दह्रो बनाउन अतुलनीय भूमिका निर्वाह गर्ने विश्वास लिएको छ ।

सामाजिक उतरदायित्व अन्तर्गत बैंकले श्री गटेरा प्राथमिक विद्यालयलाई १ थान र धापा निम्न माध्यमिक विद्यालयलाई १ थान गरी जम्मा २ थान कम्प्युटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीले संयुक्त रूपमा गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया