दाम्लोमा बाँधिएर बस्न बाध्य गर्भवती महिला

काठमाडौं २६ साउन ।

आर्थिक अभावका कारण उपचार हुन नसकी उदयपुरमा एक मानसिक सन्तुलन गुमाएकी गर्भवती महिला दाम्लोमा बाँधिएर बस्न बाध्य भएकी छिन् । मानसिक सन्तुलन गुमाएकी त्रियुगा नगरपालिका ५ भातिखर्ककी २२ वर्षीया सृजना कार्की विगत ६ महिनादेखि घरमै दाम्लोमा बाँधिएर बस्न बाध्य भएकी छिन् ।

गरिब तथा विपन्न परिवारकी ती महिलाको उपचार गर्ने आर्थिक अभावले गर्दा दाम्लोमा बाँधिएर बस्नु परेको आजको राजधानी दैनिकमा समाचार छ ।

उनी दुबै हातमा बाँसको टातीमा बाँधिएको अवस्थामा बसेकी छिन् ।

गर्भवती अवस्थामा नियमित आहार, व्यायाम, स्याहारसुसारमा विशेष ध्यन दिनुपर्नेमा उनी भने बाँधिएर बस्न बाध्य भएकी छन् ।

उनले उपचार पाए ठीक हुने भए पनि उपचार अभावमा बाँधिएर बस्न बाँध्य भएको स्थानीयले बताए ।  अझ उनलार्इै पतिले समेत गर्भवती अवस्थामा नै घरमा छाडेर हिँडेपछि उनी थप बिचल्लीमा परेकी छन् ।

गर्भ रहेको दुई महिनाको भएपछि छोराले समेत छाडेर हिँडेपछि बृद्ध सासूससुरालाई बिरामी बुहारीको हेरचाह गर्न गाह्रो भएको ससुरा भीमबहादुर खड्काले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया