दिगो समितिद्वारा सुपथ मूल्य पसलको अनुगमन

काठमाडौं १० असोज

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिअन्तर्गत गठित कार्यदलले दशैँ, तिहार र छठ पर्व लक्षित गरी गत भदौ २३ देखि यही असोज १७ गतेसम्म एकीकृतरूपमा सञ्चालित साल्ट टे«डिङ कर्पोरेशन र सहुलियत मूल्य पसलको आज अनुगमन गरेको छ ।

अनुगमनमा सांसदहरु कालीबहादुर मल्ल, विमला राई पौडेल र प्रमिलाकुमारी, समिति सचिव निर्मलादेवी लामिछाने (वस्ती) लगायतको संलग्नता थियो । कार्यदलले राजधानीको बागबजारस्थित सुपथ मूल्य पसल र टुकुचास्थित खसी बजारको पनि अवलोकन गरेको जनाएको छ ।

अनुगमनका क्रममा सुपथ मूल्य पसलमा दैनिक उपभोग्य सामग्रीको उपलब्धता रहेको, वास्तविक मूल्यमा १० देखि ३० प्रतिशतसम्म छुट गरी सामान बिक्री गरिएको पाइएको, टुकुचास्थित खसी बजार व्यवस्थित नभएको पाइएको कार्यदलले जनाएको छ । Rss

फेसबुकबाट तपाईको प्रतिक्रिया