दिल्लीको नवौँ मुख्यमन्त्री रेखा गुप्ताले लिइन् सपथ

काठमाडौ ८ फागुन २०८१ । दिल्लीको नवौँ मुख्यमन्त्री पदमा भारतीय जनता पार्टी (भाजपा) की विधायक रेखा गुप्ताले शपथ लिएकी छन् ।
बिहीबार रामलीला मैदानमा उनले मुख्यमन्त्री पदको शपथ लिदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमित शाहलगायत भाजपा शासित राज्यका मुख्यमन्त्री तथा उपमुख्यमन्त्रीहरू उपस्थित थिए । गुप्तासँगै ६ जना मन्त्रीहरूले पनि शपथ लिएका छन् । यसमा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई हराउने प्रवेश वर्मा, आशीष सूद, मनजिन्दर सिंह सिरसा, रवीन्द्र इन्द्राज सिंह, कपिल मिश्रा र पंकजकुमार सिंह सामेल छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया