दिव्यश्वरी हाइड्रो पावरको साधारण शेयर बाँडफाँड
बिजनेसपाटी ८ भदौ
दिव्यश्वरी हाइड्रो कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर बाँडफाँड आज भएको छ । ३ लाख ९६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको कम्पनीले बुधबार एक कार्यक्रमका बिच शेयर बाँडफाँड गरेको हो । बाँडफाँडमा ८७ हजारसम्मका आवेदकलाई गोलाप्रथा गरिएको थियो । जसमा अधिकतम शेयर पाउने लगानीकर्ताले ११ कित्ता शेयर पाएका छन् । शेयर निष्काशन एबम बिक्रि प्रबन्धक एस डेभलपमेण्ट बैंकमा गरिएको बाँडफाँड अनुसार ८७ हजार रुपैंयासम्मका आवेदकहरुलाई गोलाप्रथाबाट १० कित्ता शेयर बितरण गरिएको छ । त्यसै गरि ८८ हजार देखि ९८ हजार रुपैंयासम्मका आवेदकले अनिवार्य रुपमा १० कित्ता शेयर पाएका छन् । आज भएको बाँडफाँडमा ९९ हजार र १ लाख रुपैंयाका आवेदकले पनि अनिवार्य रुपमा ११ कित्ता शेयर पाएका छन् ।
कम्पनीमा परेका आवेदन मध्ये आज भएको बाँडफाँड मार्फत ९९ वटा आवेदन रद्ध भएको छ । १ लाख १२ हजार ५ सय २७ आवेदन गोलाप्रथामा परेकामा साना लगानीकर्ताहरुको आवेदन संख्या ९५ हजार २ सय ३० र ५० हजार रुपैंया भन्दा माथिका आवेदकको संख्या १७ हजार २ सय ९७ रहेकोमा १ लाख रुपैंयाको मात्र १५ हजार ५ सय ९० वटा आवेदन परेको थियो । दिव्यश्वरी हाइड्रोले आयोजना प्रभावितलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत शेयर विक्री गरेको हो । कम्पनीले यस क्रमममा स्थानीयका लागि २ लाख ६४ हजार कित्ता साधारण शेयर निष्काशन गरिसकेको छ । अब दिव्यश्वरी हाइड्रोको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ पुग्ने भएको छ ।
.
फेसबुकबाट तपाईको प्रतिक्रिया