दुई अभिनेत्रीको शीतयुद्ध

बिजनेसपाटी १० फागुन

बलिउडका दुई अभिनेत्री अहिले शीतयुद्धमा छन् । अभिनेत्री कट्रिना कैफ तथा दीपिका पादुकोणका बीचमा विगतदेखि नै विवाद छ । खासगरी उनीहरू दुवैका पूर्वप्रेमी रणवीर कपुरलाई लिएर यो विवाद सिर्जना भएको थियो ।

कट्रिनाले एउटा टेलिभिजन टक शोमा तपाईं दीपिकालाई आफ्नो साथी मान्नुहुन्छ ? भन्ने प्रश्नमा कुनै जवाफ नदिनु तथा दीपिकाले पनि आफ्नो विवाहमा कट्रिनालाई बोलाउँदिनँ भन्ने प्रतिक्रिया दिनुले उनीहरूबीचको मनमुटावलाई प्रस्ट पार्छ ।

विगतमा रणवीर कपुरका प्रेमिका भएकै कारण यी दुई अभिनेत्रीबीच मनमुटाव हुनु स्वभाविक पनि हो । समय बिते पनि यी दुईको शीतयुद्ध भने कायमै छ । यद्यपि पछिल्लो समयमा आएर कट्रिनाले दीपिकासँग मित्रताको हात बढाइरहेको समाचारसमेत सार्वजनिक हुन थालेको छ । साप्ताहिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया