दुई घण्टामा २० प्रतिशत मतदान

काठमाडौ, ३१ बैशाख

सथानीय तहको बिहानबाट सुरु भएको निर्वाचनमा उत्साहजनक मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले बिहान सातदेखि नौ बजेसम्म दुइ घण्टाको अवधिमा २० प्रतिशत मत खसेको जनाएको छ । आयोगका प्रवक्ता सुर्य प्रसाद शर्माका अनुसार मतदाताहरु तोकिएको मतदान केन्द्रमा विहानैबाट आफ्ना जनप्रतिनिधिहरुलाई मत दिन लामबद्ध छन् ।

पहिलो चरणको स्थानीय निर्वाचनमा तीन प्रदेशका ३४ जिल्लाका झण्डै ५० लाख मतदाताले आज मतदान गर्दैछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया