दुई महिनादेखि सुदूरपश्चिममा सिटामोल अभाव

भीमदत्तनगर, १२ असोज
सुदूरपश्चिममा विगत दुई महिनादेखि सिटामोल अभाव छ । यहाँका नौवटै स्वास्थ्य संस्थामा सिटामोल लगायत निःशुल्क वितरण गर्नुपर्ने औषधि अभाव भएको हो ।
आपूर्ति ठेक्कामा ढिलाइ हुँदा औषधि अभाव भएकाले धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरले हरेक जिल्ला जनस्वास्थ्य कार्यालयलाई सिटामोल खरिद गर्न निर्देशन दिएको छ । रु तीन लाखसम्मको सिटामोल खरिद गर्न जिल्लालाई जानकारी गराइसकेको सुदूरपश्चिम क्षेत्रीय स्टोरका प्रमुख लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“दुई महिनादेखि सिटामोल अभाव भए पनि चरम समस्या भने छैन ।” उहाँले भन्नुभयो – “आपूर्ति गर्ने कम्पनी कारबाहीमा परेकाले अभाव भएको हो ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया