दुबै मृगौला फेल भएपछी उपचारमा सहयोगका लागि याचना

बिजनेसपाटी २२ माघ ।
बारा निजगढ वडा नं ९ का युवा रजत खड्काको दुबै मृगौलाले काम गर्न छाडेपछी परिवारजनले सहयोगको लागि अपिल गरेको छ । आर्थिक अवस्था जिर्ण भएकै कारण खड्का परिवारले सहयोग लागि आग्रह गरेको हो ।
मृगौला पिडित रजत खड्कका दिदी रेनका खड्काले आफनो भाइको उपचारको खातिर आर्थिक सहयोगको लागि देश तथा विदेशमा रहेका सहयोगी हातहरुमा अनुरोध गरेकी छिन् । उनले आफनो बैंक खाता ( रेनका ख्डका, खाता नं ०८९००५४३९१६०००११, एनएमबी बैक, निजगढ शाखा) वा इ–सेवा आइडी ९८२१२९९६६६ मा रकम जम्मा गरी सहयोग गर्न अनुरोध गरेकी हुन् । साथी संगतीमा अत्यन्तै मिजाशिला एवं अनुशासित रजत खड्का परिवारको एक्लो छोरा भएको परिवारजनले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया