दुरदराजको एउटा स्कुल, जहाँवाट केन्द्रिय नेतादेखि कुशल जनशक्तिसम्म जन्मिए

बिजनेसपाटी ।
जुम्लाको तातोपानी गाँउपालिकामा रहेको हिम शिखर माध्यामिक विद्यालय, नेपालको दुर्गम क्षेत्रको हिउँ जस्तो चम्किलो शिक्षाको ज्योति दिन सफल शैक्षिक केन्द्र हो । दुर्गम हिमाली क्षेत्रको दुर्गम वस्तिमा रहेको यस विद्यालय अहिले भने सडक संजाल संग जोडिएको छ । २०४६ साल मा स्थापना भयको यस बिद्यालय जिल्लाका पुरानो माध्यमिक बिद्यालय मध्येकोएक हो । विद्यालयले स्थापनाकाल देखि शैक्षिक क्षेत्रमा निकै अव्वल जनशक्ति उत्पादन गरेको छ । नेपालमा मात्रै हैन अन्तराष्ट्रिय क्षेत्रमा समेत आफ्नो प्रभाव राख्न सक्ने जनशक्ति यस विद्यालयको अनुशासन र शिक्षावाट तयार भइ बिभिन्न क्षेत्रमा कार्यरत छ । देशको राजनैतिक, सामाजिक र प्रशासनिक क्षेत्रमा यस बिद्यालयको उत्पादनले राम्रो क्षमता प्रदर्शन गरेको छ ।
हालैमात्र सम्पन भएको माओवादी केन्द्रको केन्द्रीय समितिमा यस विद्यालयमा अध्ययन गर्दै गर्दा पुर्णकालिन रुपमा माओवादी पार्टीमा समावेश भएका छात्राहरु गोमा गौतम र यसोदा न्यौपाने चयन भएका छन् । यसोदा न्यौपाने विवाह पश्चात कर्मक्षेत्र कालिकोट वनाएको कारण कालिकोटमा न्यौपानेलाई नजिकवाट चिन्ने जो कोहिले शसक्त र जनता प्रति उत्तरदायी नेतृत्वका रुपमा वुझ्ने गर्दछन् भने राज्यमन्त्री भएको अनुभव रहेको गोमा गौतम कुँवरलाई जुम्लाको सर्वसम्मत नेतृत्वको रुपमा हेरिन थालेको छ ।
जुम्लाको पर्यटकीय स्थल तातोपानी र एतिहासिक क्षेत्र लाछुको बिचमा रहेको मनोरम स्थानमा रहेको यस बिद्यालयको वातावरणीय पक्ष पनि निकै आकर्षक रहेको छ । कान्जिरोवा हिमाल देखिने यस क्षेत्रमामा तिलानदिको फैलावट र मार्सिधानको फाँटले झनै सुन्दरता थपेको छ । विद्यालयको शैक्षिक गुणस्तरका कारण टाढाटाढावाट पनि विद्यार्थीहरु अध्ययन गर्न आँउने गर्दछन् । विद्यालयले विद्यार्थीको सर्वपक्षिय विकासको लागि पाठ्क्रममा भएका वाहेक थप पाठ्य सामग्री अध्ययनका लागि विद्यार्थीलाई प्रेरित गर्ने गरेको विद्यालय व्यावस्थापनको निष्कर्ष रहेको छ । ग्रामिण क्षेत्रको विद्यालय, इमान्दार अभिभावक र मेहनती विद्यार्थीको कारण अहिले यस विद्यालय जिल्लाको निकै राम्रो विद्यालयको रुपमा चिनिन्छ । अभिभावकहरु विद्यालयलाई आफ्नो क्षमताले भ्याय सम्म सहयोग गर्ने गर्दछन् । जग्गादान, पैसादान र श्रमदानको रुपमा सवैजनाको सहयोग हुने गरेको स्थानिय राजु केसीले वताउनु भयो ।
यि र यस्ता थुप्रै इतिहास र वर्तमानको प्रेणाको श्रोत वनेको छ हिम शिखर मावि स्थानिय मुन प्रसाद गौतमका अनुसार विद्यालयमा पाठ्क्रमका अतिरिक्त खेलकुद र व्याक्तित्व विकासका सम्भावनमा समेत विद्यालय प्रशासन सक्रिय रहन्थ्यो ।

धनवहादुर  कठायत

यस विद्यालयवाट उत्पादन भएको जनशक्ति निजामती सेवामा समेत अव्वल छ, यस वर्ष कर्णाली प्रदेश सरकारले प्रदान गरेको सर्व उत्कृष्ट निजामति कर्मचारी यस विद्यालयवाट एसएलसी उर्तिण तथा हाल भुमि व्यावस्था कृषि तथा सहकारी मन्त्रालयको योजना महाशाखामा कार्यरत धनवहादुर कठायतले प्राप्त गरेका छन् । अष्ट्रिलियावाट एमएस्सी एग्रिकल्चर गरेका कठायत देशको अनुशासित, क्षमतावान र भरपर्दा कर्मचारीको रुपमा हेरिन्छन् ।

हरिहर न्यौपाने, विश्लेषक


विश्लेषक हरिहर न्यौपाने पनि यहि विद्यालयका उत्पादन हुन् । नेपाल को सामाजिक क्षेत्रमा उदयमान व्यक्तित्व न्यौपाने, नेपालको राजनैतिक र प्रशासनिक सुधारको क्षेत्रमा तार्किक वहस सहित विकास प्रशासन र शुसानको क्षेत्रमा विज्ञको र रुपमा परिचित छन् ।

माधव चौलागाई (फान्चौरी),

पर्यावरण सुधार अभिन्ता तथा इतिहास अध्यता माधव चौलागाई यसै बिद्यालयमा पढेका व्यक्ति हुन् ्र उनको सामाजिक अभियान र अध्ययन देशकै लागि योगदान दिने खालको छ । हरेक विषयमा गहन अध्ययन सहित सामाजिक अनुशासका प्रेणादायी श्रोतका रुपमा माधव चौलागाई फान्चौरीलाई चिन्नेहरुले वुझ्दछन् ।

हरिबहादुर रावल


निजामती कर्मचारीको नेतृत्वको भुमिकामा रहेका हरिबहादुर रावल यसै विद्यालयका उत्पादन हुन् । रामशंकर उपाध्याय, नवराज न्यौपाने, धनवहादुर गौतम, प्रकासचन्द्र खत्री लगायत दर्जनौ योग्य जनशक्ति तथा नेतृत्व यस विद्यालयले उत्पादन गरेको छ । आधुनिकताको नाममा रुमल्लिएको शिक्षामा हिम शिखर माविको शैक्षिक योगदान सिकाईको श्रोत वन्न सक्छ । हाल यस बिद्यालयमा प्राबिधिक बिषयका पढाई पनि संचालन भइरहेका छन्

फेसबुकबाट तपाईको प्रतिक्रिया