दूरसञ्चार कम्पनीहरुको अटेरीः ३ अर्ब राजस्व तिरेनन्

काठमाडौँ ११ पौष
सांसददेखि प्रतिष्ठित व्यवसायीका नाममा रहेका दूरसञ्चार कम्पनीहरूले सरकारलाई ३ अर्बभन्दा बढी राजस्व तिरेका छैनन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
युनाइटेड टेलिकम लिमिटेड (यूटीएल), स्मार्ट टेलिकम, सीजी कम्युनिकेसन्सलगायतका कम्पनीले ३ अर्ब १३ करोड ८ लाख ४१ हजार रुपैयाँ बक्यौता नतिरेका हुन् ।
दूरसञ्चार प्राधिकरणका अनुसार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठकी पत्नी तथा नेकपा सांसद जुलीकुमारी महतोको लगानी रहेको यूटीएलले ७७ करोड ७९ लाख ७५ हजार ३ सय १२ रुपैयाँ बक्यौता बुझाएको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया