देउवाको आपत्ति

काठमाडौं २६ जेठ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतका लागि सिफारिस भएका ११ जना न्यायाधीशविरुद्ध दायर भएको रिट निवेदन पेसीमा नचढाउने कार्य उचित नभएको बताएका छन् ।

सभापति देउवाले नेपाली कांग्रेसका शीर्ष नेता र कांग्रेस समर्थित कानुन व्यवसायीहरुबीच भएको बैठकमा सिफारिसमा भएका ११ जना न्यायाधीशविरुद्ध परेको रिट निवेदन लामो समयसम्म पनि पेसीमा नचढाउने कार्य उचित नभएको बताएका आजको नेपालसमाचारपत्र दैनिकमा समाचार छ । लगातार तीन दिनदेखि सर्वोच्च अदालतमा एकल इजलास गठन नभएका कारण सो रिट निवेदनलगायतन अन्य महत्वपूर्ण मुद्दाको प्रारम्भिक सुनुवाइ हुन सकेको छैन ।

न्यायापरिषदबाट सिफारिस भएका ११ न्यायाधीशविरुद्ध रिट निवेदन परेका कारण एकल इजलाश गठन नभएको दाबी गरेतापनि अदालतका कर्मचारीहरु भने प्राविधिक कारणले इजलाश गठन नभएको बताउने गरेका छन् । सर्वोच्च अदालतमा आइतबारदेखि मंगलबारसम्म एकल इजलास गठन हुन सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया