देउवाले दिल्लीमा प्रधानमन्त्री मोदीलाई भेट्ने

काठमाडाैं १२ कार्तिक

कांग्रेस सभापति शेरबहादुर देउवा १९ कात्तिकदेखि ६ दिने भारत भ्रमणमा जाँदै छन् । त्यहाँ उनले प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ । गोवामा हुने एक सेमिनारमा सहभागी भएपछि देउवा राजनीतिक भेटघाटका लागि दिल्ली पुग्नेछन् ।

सत्तारुढ बिजेपीको ‘थिंक ट्यांक’को निम्तो

सभापति देउवालाई सेमिनारमा निम्तो गर्ने इन्डिया फाउन्डेसन प्रधानमन्त्री नरेन्द्र मोदीकै दल भारतीय जनता पार्टी (बिजेपी)को ‘थिंक ट्यांक’ हो । १९ कात्तिकमा गोवामा हुने सेमिनारमा सहभागी भएपछि देउवाले दिल्ली पुगेर २१ देखि २३ कात्तिकसम्म उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने उनका स्वकीय सचिव भानु देउवाले बताए ।

‘यो डेढ महिनाअघि नै तय भएको भ्रमण हो,’ उनले नयाँ पत्रिकासँग भने, ‘गोवाको सेमिनारमा सहभागी भएपछि दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ ।’

देउवाले भाजपा अध्यक्ष अमित साह र महासचिव राम माधवसहित कांग्रेसका शीर्ष नेतासँग पनि छलफल गर्नेछन् । यद्यपि, भेटघाटको कार्यतालिका शुक्रबार मात्रै बन्ने स्वकीय सचिव भानुले बताए । अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया