देखेको राजनीति, भोगेको राजनीति

  लक्ष्मण गौतम
म यस्तो समाजको प्रतिनिधित्व गर्छु जहाँ मात्र गोजी हेरिन्छ । तर गोजी भर्नका लागि गरिएको चोरी हेरिदैन । “ यनी हाउ पैसा कमाउ” । पैसा भए पुग्यो । तर पैसा कमाउनका लागि गरिएको चोरी, ठगी, लुट, अपराधका बारेमा कोही बोल्दैन । सबैलाई थाहा छ उसले भ्रष्ट्राचार गरेर कमाएको हो । ठगेर कमाएको हो, लुटेर कमाएको हो । राजनितीको माध्यमबाट पावरको दुरुपयोग गरेर कमाएको हो । तर खोई यहाँ कोही बोल्दैन । कसैको विवाहमा जन्ती जान हामी ठुला ठुला गाडी भएकालाई रोजी रोजी बोलाउछौ ।तर तेही समाजमा बस्ने विद्वान, ईमान्दार , निष्ठावान मान्छेको कुनै पुछानीनै हुँदैन । किनकी उ सँग पैसा छैन । यहाँ जोसँग पैसा छ उसँग मात्र ईज्जत छ । समाज उसैको पछाडी छ ।
हामीले यस्तो निर्वाचन प्रणाली अंगालेका छौ कि यहाँको राजनितीमा पैसा नभएको मान्छेको कामै छैन । यहाँ वडा अध्यक्ष जित्न लाखौं चाँहीन्छ  । मेयर जित्न करोडौ चाहिन्छ, साँसद जित्न करोडौ चाहिन्छ । समानुपातीक साँसदको कोटा करोडौमा किनिन्छन । उदाहरण हाम्रै अगाडी छन – मान्छे तिनै, ब्यापारी तिनै तर कहिले कुन पार्टीबाट समानुपातिक साँसद त कहिले कुन पार्टीबाट समानुपातीक साँसद । पैसा फेको तमासा देखो ।
केही बर्ष पहिले सम्म उ एउटा सामान्य मान्छे थियो । उ सँग बिहान बेलुका राम्रो सँग खान सक्ने आर्थिक हैसियतसम्म थिएन । उ राजनितीमा लाग्यो । उसले राजनितीको माध्यमबाट अकुत सम्पत्ती कमायो । आज उ सँग करोडौको सम्पत्ती छ । राजनिती आज उसैको हातमा छ । उ बिसौ बर्ष देखी राजनितीमा स्थापित छ । चुनावमा टिकट उसैले पाउछ । चुनाव उसैले जित्छ  । अख्तियारमा सेटिङ उसैले मिलाउछ । आज उसको बिरुद्दमा को बोल्ने ? देशको निती नियम बनाउने र कार्यान्वयन गर्ने ठाउँमा चोरलाई राखेर हामी कस्तो समृद्द र शुसासित समाजको परिकल्पना गर्दै छौ ? एकपटक आँट गरौ र प्रश्न गरौ – त्यो थोत्रो साईकल, फाटेको कट्टु र रसिले फिता बाधेको चप्पलबाट माथि उठेर आज तपाईंले भोगी रहेको बिलासिताको श्रोत के हो ? के उ सँग उत्तर होला र ? तर हामी किन चुप छौ ?
उ पटक पटक मन्त्री भएको छ ।  बिसौ बर्ष देखी नेपाली राजनितीको शिर्ष स्थानमा छ । तर देश र जनताको अवस्था उत्तानो छ । हामी किन बिसौ बर्ष देखी असफल मान्छेलाई नेताको रुपमा बोकेर हिड्दै छौ ? के हाम्रो नेपाली समाजमा नयाँ , योग्य , ईमान्दार , निष्ठावान र भिजनरी राजनितीज्ञ नजन्मेका हुन वा जन्मन नदिईएको हो ?
अन्तिममा, नेपाली राजनितीमा अब पुस्ता हस्तान्तरणको बिकल्प छैन । यदी देश बनाउने हो भने अकुत सम्पत्तीको छानबिन हुनु पर्छ , दोषी ठहर भएमा कारवाही हुनुपर्छ । असफल र पुराना नेता जानुपर्छ र नयाँ र योग्यले नेपाली राजनितीमा स्थान पाउनु पर्छ । परिवर्तन हाम्रै पालामा सम्भव छ । तर बिसौ बर्ष देखी पटक पटक मन्त्री भएका र परिक्षण भएर असफल भएकाहरुबाट होईन योग्य र नयाँ अनुहारबाट । हामी झोला बोल्न छाडौ चाकडी गर्न छाडौ र एकपटक देशका लागि योग्य मान्छे बोक्ने आट गरौ ।
(गौतम तरुण दल रुपन्देहीका जिल्ला सदस्य एवं नेपाल प्रजातान्त्रिक माहासंघ रुपन्देहीका जिल्ला कोषाध्यक्ष हुन् )
प्रकासित मिति २०७७–५–४

फेसबुकबाट तपाईको प्रतिक्रिया