देब विकास बैंकको ५० प्रतिशत हकप्रद माघ ९ देखि, कहाँ कहाँबाट आबेदन ?

बिजनेसपाटी २२ पौष
देब विकास बैंक लिमिटेडले माघ ९ देखि माघ १५ सम्मका लागि २ बराबर १ कित्ता सेयर अर्थात ५० प्रतिशतका दरले हकप्रद बिक्रि गर्न लागेको छ । पुष १८ देखि पुष २९ का लागि बुक क्लोज गर्ने निर्णय गरेकाले पुष १७ सम्म कायम शेयधनीले मात्र हकप्रद भर्न पाउने छन। विकास बैंकले ४४ करोड रुपैयाँ बराबरको ४४ लाख ५ हजार ४४० दशमलब ३९ कित्ता हकप्रद बिक्रि गर्न लागेको हो।
पुष १७ सम्म कायम इच्छुक सेयरधनीहरुले बैंकको ५० प्रतिशत हकप्रदका लागि बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल, देब विकास बैंक र यसका शाखाहरु तथा नेपाल इन्भेष्टमेन्ट बैंकको पोखरा, बिराटनगर र बिरगंज शाखा कार्यलय तथा गुडविल फाइनान्सको नेपालगंज र इटहरी शाखा कार्यालयबाट समेत आदेन फारम प्राप्त गरि बुझाउन सक्ने छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया