देवः विकास बैंकको माडीमा नयाँ शाखा

काठमाडौं, १८ असार

देवः विकास बैंकको माडी नगरपालिका, वडा नं. ३, वसन्तपुरमा नया शाखाको उद्घाटन गरिएको छ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले सो शाखा उद्घाटन गरेका हुन् । शाखा उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले माडी उपत्यकाको आर्थिक कारोवार अभिबृद्धि गर्न बैंक सदवै क्रियाशील रहने प्रतिबद्धता जनाए ।

उद्घाटन कार्यक्रममा माडी उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल आचार्यले शुभकामना मन्तव्य दिदै माडी क्षेत्रको आर्थिक उत्पादकत्व बृद्धि गर्नका लागि देवः विकास बैंकको शाखाबाट सहयोग पुग्ने विचार व्यक्त गरे । उदघाट्न कार्यक्रममा बिशेष मन्तव्य दिदै प्रमुख अतिथि, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, चिन्तामणि सिवाकोटीले देशको आर्थिक गतिविधी माथि प्रकाश पारे । साथै देशको श्रमशक्तिलाई स्वदेशमै उपयोग गर्न रोजगारका अवसरहरु सिर्जना गर्नु पर्ने र उद्यमशीलताको विकासका लागि बैंकले यस क्षेत्रमा शाखा विस्तार गरेको बताए । निर्यातमुखी व्यवसायमा जोड दिदै बैकिङ्ग सेवालाई गाउँ गाउँमा पुर¥याउन सकेमात्र समग्र देशको आर्थिक बृद्धिदर हुने विचार व्यक्त पनि उनले गरे । सो अवसरमा बैंकले हालसम्म १० अर्व निक्षेप संकलन गरी ९ अर्व ३९ करोड कर्जा प्रवाह गरेको  तथा २०७३ चैत्र मसान्तसम्ममा ३१ करोड ४० लाख संचालन मुनाफा हासिल गर्न बैंक सफल भएको जानकारी गराइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया