देवी हमाल र नविन पौडेलको तीज गीत ‘नयाँ पार्टी खोल्छु’ (भिडियो सहित )

काठमाण्डौ ४ साउन
चर्चित लोकदोहोरी गायिका देवी हमाल र नविन पौडेलले नेपाली महिलाहरुको महान चाड तीजलाई कोसेली स्वरुप तीज गीत ‘ नयाँ पाटी खोल्छु ’ लिएर आएका छन । हिजो मात्रै युटुब मार्फत सार्वजनिक गरिएको यस गीतमा राजनीतिलाई कडा ब्यङग्य गरिएको छ,
एसएलसिमा ४ विषय लाग्नेहरु पनि
भाषण गर्दै हिँडेका छन ठुलै मान्छे बनि ।
नेपालमा आम्दानी राजनीतिमै रैछ
यही बर्ष भित्रमा नयाँ पार्टी खोल्छु ।
शिवदर्शन डिजिटल प्रालिले बजारमा ल्याएको यस गीतको शब्द देवी हमालकै रहेको छ । गीतमा विजय थापा, कमल गाउँले, चम्सुरी,रिचा थापा,लक्ष्मण अधिकारी र सरु खड्काले अभिनय गरेका छन । गीतको भिडियो निर्देशन विजय थापाले गरेका हुन भने सम्पादन प्रविण रेश्मी मगरले गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया