देशको सम्बृद्धी मात्र एमालेबाट !

दुर्गाप्रसाद काफ्ले

नेता मात्रै जन्मिएको देश हाम्रो । विडम्बना नेताको भने सधै खडेरी नै लागिरहन्छ । नेता जन्मिए तर नेत्रित्व जन्मिएन । लड्ने र लडाउने जन्मिए तर जोगाउने र बचाउने जन्मिएनन् । भौतिक संरचना ध्वस्त पार्ने जन्मिए तर निर्माण गर्ने जन्मिएनन् । ठेकेदार, दलाल, तस्कर, भष्टाचारी, देशद्रोही धेरै जन्मिए तर सच्चा नेता जन्मिएनन् । देश फुटाउँछु, टुक्राउँछु भन्ने जन्मिए तर खण्ड राख्छु, देश जोगाउँछु भन्ने जन्मिएनन् ।
देश र जनताले धेरै कालखण्ड पारे गरे । धेरै युद्ध लडे तर प्राप्ती केही भएन । मात्र हजारौले ज्यान गुमाए । जसले युद्ध सुरु गरे तिनीहरु नै विचल्लित भए । युद्धलाई बाटोमै छोडिदिए । अनाहाकमा हजारौ दुखी, पिडित एवं शोसित जनताहरुले ज्यान गुमाउन प¥यो ।

हाम्रो देशमा हल्ला मात्र गर्ने नेता छन् तर काम केही गर्दैनन् । हल्ला ग¥र्यो आफनै जोहो ग¥यो । तर नेपाली जनताको दिनचर्यामा भने केही परिवर्तन आएन ।
आज पनि नेपाली हामीलाई उस्तिै दुख, उस्तै कष्ट । किसानले किन्न खोज्दा पनि मल, वीउ पाउँदैन । लोडसेडिङले जनता आक्रान्त हुन्छन् । बाटो, घाटोको समस्या । दाल, चिनी, चामल, तेलको समस्या । सरकारी अफिस अडडामा समस्या तेस्तै । जता–तेतै समस्यै समस्या छन ।
समस्या बनाउने धेरै छन् । तर सामाधान निकाल्ने कोही छैनन ।
नेपालमा निर्दल, बहुदल, राजतन्त्र, लोकतन्त्र, गणतन्त्र धेरै तन्त्रहरु आए र गए । तर नेपाली जनतामाथी पढेर पनि जानेर पनि रोजगारीका लागि खाडी मुलुक लगायतका देशमा भाँडा माझन् र सरसफाइ गर्न जानु परेको छ ।
नेपाली जनतामा कुनै परिपक्कता नहुँदा, मिसन र भिजन नहुँदा देश खाल्डोमा फसिरहेको छ । अव नेपाली जनताले मात्र देशलाई निकास दिन सक्छन् । त्यसका लागि हामी सम्र्पुण नेपाली जनता एकजुट भएर अबको चुनावमा विकास र निकास दिने पार्टी छान्नुको कुनै विकल्प छैन ।
तसर्थ अबको निकास भनेको देश, जनता र अर्थतन्त्रको विकास हो । देशको सार्वभौमिकतालाई रक्षा गर्दै सरकारलाई बलियो बनाउने, विदेशी पानी भत्ता हटाउने, कृषि, बन, उद्योग, बाटोघाटो, रेल मार्ग, विधुत लगायतको विकासको मुद्धा लिएर चुनावको बाटोमा आउने पार्टीलाई मात्र रोज्नु पर्दछ ।
नेपालमा अब नेकपा एमालेको र एमाले अध्यक्ष केपी ओलीको विकल्प छैन । किनभने देशलाई दह्रो, दिगो र बलियो बनाउने, देश विकास गर्ने उनमा जति इच्छाशक्ति छ अरुमा त्यो देखिएन । त्यसकारण केपि शर्मा ओलीको विकल्प छैन ।
केपीशर्मा ओली हँुदा १८८१ मा पुगेको पूँजीबजार आज १२ सय नजिकै छ । यहाँ केपी ओलीले प्रधानमन्त्री पदबाट हात धोएपछि लगानी गर्नेले झण्डै ७ खर्ब रुपैयाँ गुमाएका छन । सरकार कमजोर हूँदा लगानीकर्ताको मनोवल पनि कमजोर हुन्छ । कमजोर प्रधानमन्त्री हुँदा देश नै कमजोर हुन्छ ।
नेपाली पूँजीबजार, अर्थतन्त्र, बैकिङ क्षेत्र, उद्योग ब्यापार, विधार्थी आदिले अहिले दह्रो प्रधानमन्त्री र सरकार खोजेका छन । तसर्थ पनि अवको चुनावमा एमालेको विकल्प छैन । देशको सम्बृद्धि केपी ओलीबाट मात्र हुन्छ । सबै नेपाली जनताले देशलाई जोगाउन, अखण्ड र मजबुत बनाउन अवको निकास भनेको एमालेको विजय हो ।
 (प्रस्तुत विचार लेखकका नीजि हुन् )

फेसबुकबाट तपाईको प्रतिक्रिया