२०८२ आश्विन १६ | Oct 02, 2025

देशबासीका नाममा पहिलो सम्बोधन – जेनजी आन्दोलन घटनाको दोषीलाई कारबाही गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ९
|
1.4k views

ललितपुर । प्रधानमन्त्री सुशिला कार्कीले कार्कीले देशबासीका नाममा पहिलो पटक सम्बोधन गर्दै जेनजी आन्दोलनको क्रममा विद्यार्थी र युवाहरुको मृत्यु हुनेगरी भएको घटनाको दोषीलाई कारबाही गर्ने बताएकी छन् ।

उनले फागुन २१ गतेभित्र चुनाव गर्नको आवश्यक तयारी थालिसकेको भन्दै स्वतन्त्र निष्पक्ष चुनाव गर्नको सरकार सरकार प्रतिबद्ध रहेको बताएकी छन् । उनले रोजगारीको सिलसिलामा देशबारिह रहेका नेपालीलाई विदेशबाट समेत मतदान गर्नसक्ने सम्भावनाको बारेमा छलफल भइरहेको बताएकी छिन् ।


प्रधानमन्त्री कार्कीले उत्साहका साथ निर्वाचनमा भाग लिन सबैसँग अनुरोध गरेकी छन् ।

कार्कीले वैधानिक प्रक्रियाबाट नै संविधान संशोधन गर्न सकिने बताएकी छिन् । उनले संविधान संशोधन वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय रहेको बताइन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया