देशभर कुकुरको पूजाआजा गरी कुकुर तिहार मनाइँदै

काठमाडौँ १३ कात्तिक ।

 महान चाड तिहारको दोस्रो दिन आज कुकुरलाई पूजाआजा गरी मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठा परिकार खान दिए यमराजको ढोकामा द्वापालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया