देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २१ हजार ८३०

काठमाडौं १५ अशोज २०७७।
कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या देशभर २१ हजार ८३० पुगेको छ । स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित नाघे फेरि लकडाउन गर्ने गरी सिफारिस गरिसकेको छ । सो अवस्थामा बिहीबारसम्म सक्रिय संक्रमितम २१ हजार ८३० पुगेको हो ।

सरकारले लकडाउन पुर्णतया खुल्ला गरेयता देशभर कोरोना संक्रमित बढिरहेका छन् । बितेको २४ घण्टामा मात्रै १ हजार ९११ संक्रमित थपिएको छ ।

हाल संस्थागत आइसोलेशनमा १० हजार ७६१ र होम आइसोलेशनमा ११ हजार ६९ हजार रहेका छन् । हालसम्म निको हुनेको कुल संख्या ५७ हजार ३८९ पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै मृतकको संख्या ५०९ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया