देशव्यापी प्रदर्शनमा ‘छेस्को’

काठमाडौँ २३ जेष्ठ

पोर्न फिल्म खेल्ने रहर व्यक्त गरेर सनसनी मच्चाएकी अर्चना पनेरुले फिल्म त खेलिन् तर पोर्न हैन । अर्चना पनेरुअभिनीत पहिलो नेपाली फिल्म ‘छेस्को’ गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ ।

सुरेश थापा निर्देशित ‘छेस्को’ मा अर्चनाको अपोजिटमा राजन कार्की छन् । युवापुस्ताबीचको प्रेम, रोमान्स र लागू औषध दुव्र्यसनीलाई कथानकता दिइएको भनिएको फिल्ममा अर्चनाको संलग्नताका कारण विवादितसमेत बनेको थियो ।

समाजमा आलोचित बनेकै कारण अर्चना अभिनीत फिल्म चल्न नदिने अडानमा केही फिल्मकर्मी रहे पनि सेन्सर बोर्डले भने एडल्ट सर्टिफिकेटसहित फिल्म रिलिजका लागि अनुमति दिएको हो । सुरज प्रधानको निर्माण रहेको फिल्ममा करण श्रेष्ठ ‘क्रेजी’ को पनि अभिनय छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया