देश भनेको शासकहरुको भजन–कृतन गर्ने मण्डप मात्रै हो ?

माधब थापा
०१९ डिसेम्वरमा चीनको वुहानबाट सरु भएको (कोभिड–१९) कोरोना भाइरसले आजसम्म आइपुग्दा बिश्वब्यापी महामारीको रुप धारण गरेको छ । सिङ्गो मानवजाती माथि नै डर, त्रास र आतङ्क सिर्जना गरेको छ । संसारका २०९ राष्ट्रमा यो भाइरसले अतङ्कको वर्चश्व जमाउन सफल भइसकेको छ । संसारभरी यस खतरनाक भाइरसका कारण संक्रमितहरुको सङ्ख्या दिन प्रतिदिन गुणात्मक रुपमा बढ्दै जाँदा रोगीहरुको संख्या १७ लाख हाराहारी पुगिसकेको छ । त्यस्तै यसबाट ज्यान गुमाउनेहरु पनि १ लाख नाघिसकेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लु एचओ)को प्रतिवेन अनुसार नेपाल पनि यो भाइरसको उच्च जोखिममा रहेको छ । यो अवस्थाको चुनौतीलाई सामना गर्न नेपाल सरकार कत्तिको सक्षम छ ? भन्ने कुरा प्रारम्भिक चरणका केही सरकारी गतिबिधी र सरकारको नेतृत्व गर्नेहरुका ब्यवहार अनि तीनका अभिब्यक्तिले प्रष्ट पार्दछ ।

यो महामारीले नेपाललाई पनि सिक्न, जान्न र प्रारम्भिक तयारीमा जुट्न सरकारलाई पर्याप्त समय दिएकै हो । पुर्वी एसियाली मुलुकहरु खासगरी भियतनाम, कम्वोडिया, कोरिया, लाओस, जापान,थाइल्यान्ड, सिङ्गापुर,म्यानमार र बंगलादेश जस्ता अत्याधिक जनघनत्व भएका मुलुकहरुले यी तिन महिनाको अवधिमा कोरोना भाइरस नियन्त्रनका लागि आफुलाई दर्होसंग तयार पार्दै आफ्ना जनतालाई जोगाउन अथक प्रयत्नबारे नेपाल सरकार अनविज्ञ थिएन । महामारीको सन्दर्भमा कुरा गर्दा केपी ओली नेतृत्वको सरकारले यो भाइरस संक्रमणबाट मुलुकलाई बचाउन तत्काल उचित निदान एवम् स्वास्थ्य उपचार सहितको सिङ्गो ब्रहमाण्डको आशा भाषणमा र सम्बोधनमा निरन्तर बांँडेको छ । सरकारले ११ गतेबाट मुलुक लकडाउन गर्यो, त्यो एउटा स्वागतयोग्य कदम हो । तर त्यसपछि र अघिका कुनैपनि कदमहरु सरकारको टालटुले मात्र रहे । लकडाउन अघि छिमेकी मुलुकहरुले महामारी विरुद्द भिषण लडाइ लड्दै गर्दा कोरोना भाइरस तीब्र गतिमा संसारभरी फैलन सक्छ भन्ने जानकारी पाएपछि सरकारले पहिलो सबै क्षेत्रमा बन्दोबस्तीको रुपमा आवश्यक र अति आवश्यक दैनिक उपभोग्य बस्तुको जोगाड गर्दै आफ्नो मुलुका सार्वजनिक र निजी अस्पतालसगै स्वास्थ्यकर्मीहरुको आँकडा तयार पारेर आवश्यक तयारीमा बस्नु पर्दथ्यो । तर बिभिन्न बिवादमा सरकार फस्दै जाने, आफुलाई कम्युनिष्ट सरकारले विश्व महामारीको त्रासदीले जीवनको सबैभन्दा अप्ठ्यारो मोडमा धकेलेको वेला गैर जिम्वेवारीपुर्वक नौटङ्गी रचना किन गर्यो । यो गम्भीर प्रश्नमाथी घोत्लिन आवश्यक छ । लकडाउनकै समयमा आवश्यक मेडिकल सम्वन्धी सामाग्री आयात गर्न रातारात कोटेसन बाँडेर सो बस्तु कतिको बिश्वब्यापी मापदण्डभित्र पर्दछन् । त्योपछि बुझौँला, यधपी त्यसमा पनि ब्यापक भ्रस्टाचार भएको कुरा आए । जसले सिङ्गो देश ततायो । चीनको केन्द्रिय सरकारले नेपाल सरकारलाई सबै किसिमको सहयोग गर्छु भन्दाभन्दै पनि ओली सरकारले किन चीन सरकारसंग वार्ता गर्न चाहेन ? यो प्रश्नको उत्तर उदारो छ ।

ओली सरकार नवउदारवादी पुंजीवादको निरन्तरताका लागी भारतिय विस्तारवाद लगायत पुँजीवादी मुलुकहरुकै घन्ट र सङ्ख बजाएर आरति गरी ‘तिम्रै पुजारी हौ’ भन्ने अवश्य पार्न चाहन्छ । सिनोको वरिपरी गिद्दझै सत्ताको वरिपरी रहेकाहरुले खडा गरको नीजी कम्पनीका नाममा कमसल सामान आयात गरेर ठुलो रकम भ्रष्टाचार गर्ने र आम जनताको स्वास्थ्यमाथी यति गम्भिर परिस्थितीमा पनि खेलवाड गर्ने चरम अमानवीय चलखेल आम जानकारीको बिषय भैसकेको छ । दण्डहिनता मौलाएको मुलुकमा कसैलाई कार्वाइ हुने कुरामा आशा कम छ । यस्तो लज्जास्पद प्रकरणको पनि प्रधानमन्त्रि जस्तो गरिमामय स्थानको ख्यालै नगरी भ्रष्टाचारको बचाउ गर्दै आफ्नो अभिब्यक्ती दिनुले आम सर्वसाधरण जनताले के बुझ्ने? देश भनेको के हो? देश भनेको शासक हो । देश भनेको शासकहरुको भजनकृतन गर्ने भजनमण्डली हो । देश भनेको माटो हो । देश भनेको भुगोल हो । के यिनै मात्रले देश बन्न सक्छ ? के देश सत्ताको उन्मात भएका देश शासकहरुको खल्तीमा हुन्छ ? कि निमुखा, निर्धा र दुखी गरिबहरुको सपनामा हुन्छ । देश के देश फगत सत्ता हो? भोगबिलास, मान, सम्मान, पदवी र पुरस्कार मात्र देश देश हो ? देश भनेको भुगोल र भोतिक बस्तु मात्र होइन । देश भनेको चार सिमाना भित्रको माटो मात्र पनि होइन । यी सबैसंग सम्वन्धित भावना, प्रेम, सदभाव, उर्जासंगै समानता सहितको सनौलो बिहानी भन्दा अघिको सपनाहरुको बगैचा हो ।
एउटा स्वतन्त्र नागरिकको लागि देश आशा सहितको सार्मथ्य हो । एउटा किसानको लागि देश खेतमा झरेको पसिनाको मोति जस्तै हो । आन्दोलनकारीहरुका लागि सडकमा पोखिएको रगत हो । एउटा बालकका निम्ति आमाको काख हो । एउटा यात्रीका लागि गन्तब्यको बाटो हो । देश भनेको आकासको चन्द्रमा हो । जसले अध्यारोलाई भगाएर उज्यालो दिन्छ । देश भनेको केहि भुगोल र धेरै भावनात्मक कुरामा जोडिएको हुन्छ । देशको परिभाषाको सुत्रमा लेखिने कुनै बस्तु होइन । यो त आत्मसम्मान सहित भावनामै लेखिन्छ । देश गणित पनि होइन । जो हिसाब किताब नभएर मनको कबितामा सजिएको हुन्छ । राज्यले नागरिक प्रति हेर्ने आंखा फरक हुनु गलत हो । त्यो सत्ताको आंखा आज कोरोनाबाट अतालिएर आफ्नो देश खोज्दै आइपुगेका आफ्ना नागरिकलाई सिहदरबारमा बस्नेहरुले चिनेनन् उनका चित्कार सुनेनन् । आफ्नै घरमा आइपुगेका सन्तानलाई घरको मुलढोकामा गजवार लगाएर आगनमै बस्न बाध्य बनायो । संङ्कटमा आश्रय नदिने घरको र बर्षामा ओतनदिने छानोको के काम ? आफ्नै सन्तानलाई पाखा लगाएर अपनाउने कस्तो सावधानी ? सावधानीको नाममा नागरिकको सार्वभौम अधिकार कुण्ठित गर्ने अधिकार कोइ कसैलाई छैन । जब मान्छे एक्लो हुन्छ, समाउने सहारा चाहिन्छ । जब मान्छे थकानले जर्जर हुन्छ, बिसाउने चौतारो खोज्दछ ।

साधारण अवस्थामा उढ्न अनन्त आकास छदै छ नि भयङ्कर आधिवेरीमा न मान्छेलाई ओत चाहिन्छ । यो महामरी झटर्पट आइपरेको पक्कैपनि होइन । आम जनस्वास्थ्यसंग सरोकार राख्ने माहामारी प्रति जिम्वेवार नहुनुले अपार माया पाएको कम्युनिष्ट पार्टीको सरकारले जनताको बिश्वास गुमाउदै गएको छ । सरकार यो महामारीको चुनौतीलाई सामना गर्न अक्षम छ भन्ने कुरा स्वास्थ्य उपकरण खरिद आयातमा उसको अक्षमतासंगै अनियमिताको पराकाष्टको सांङ्केतिक स्वीकार्यता नै नेपाली सेनाको गोरवपुर्ण इतिहास हुदाँहुदै हरेक काममा सेनालाई गराउदा अन्य निकायको अक्षमता पुष्टी हुने मात्र नभइ सिङ्गो सैनिक संगठनको संस्थालाई पनि बिभादित् पार्ने सेना भित्र राजनीति घुसाइने काम हुदैछ । यसले ठुलो बिखण्डण निम्त्याउने छ । यो ओली सरकार नवउदारवादी पँुजीवादको बैशाकी टेकेर विस्तारवादी र पुँजीवादी सक्तिहरु परिक्रमा गर्दै आफ्नो स्वर्गको आधिपत्य जोगाउन जस्तोसुकै नौटङ्गी सहितको हर्कत गर्न र एकाधिकार केहि मुठ्ठीभर दलालहरुको जगमा उठेको कुरा केहि तथ्यहरुले प्रमाणित गर्दछ । यसका उदारणहरु भ्रस्टचारका दर्जनौ काण्डै काण्डले सरकार पोतिएको छ । यसको मार सिदासादा ,गरिब , किसान, मजदुरहरुले ब्यहोर्नु परेको छ । आज देश अत्यन्त संकटमा छ । यो संकटबाट मुक्ति दिलाउन कोहि न कोहि अगाडी आउनै पर्छ । कसै न कसैले कम्मर कस्नै पर्दछ । ब्यवस्था परिवर्तन त पटक पटक भए । तर ब्यवहार उहि र नेतृत्व उहि हुनाले जनताको दैनिकी र स्वाधिनता जिउका त्यु रहेको छ ।

प्रकाशित मिति २०७६–१२–२९

फेसबुकबाट तपाईको प्रतिक्रिया