दैनिक दुई लाख लिटर दूध पुग्दैन
ललतिपुर १६ माघ
देशभर अचले दैनिक दुई लाख लिटर दूध अपुग देखिएको छ । दूधको माग अनुसार उतपादन हुन नसक्दा अपुग देखिएको हो ।
गाउँमा उत्पादन भएको दूधको बिक्री हुने केन्द्र सहर नै हो । सहरमा दूध बिक्री गरी गाउँमा दैनिक तीन करोड ५० लाख रुपैयाँ पुग्ने गरेको केन्द्रिय दुग्ध सहकारी संघले जनाएको खबर आजको नागरिकमा छ ।
संघका सल्लाहकार धर्मदत्त देवकोटाले मुलुकलाई दूधमा आत्मनिर्भर बनाउन सरकारले पशुपालक कृषकलाई अनुदान बढाउनुपर्ने बताए ।
‘देशभर दैनिक सात लाख लिटर दूध खपत हुन्छ’ उनले भने, ‘संकलन पाँच लाख लिटर मात्रै छ, उत्पादन र बजार माग तुलना गर्दा दुई लाख लिटर दूध अपुग छ ।’
देशभर १८ सय ५५ वटा दुग्ध सहकारी संस्था छन् । उत्पादन लागतको आधारमा दुग्ध उत्पादक किसानलाई मर्का परेकोले किसानले पनि दूधको मुल्य वृद्धि गर्नुपर्ने माग राखेका छन् ।
ललितपुरमा दैनिक ४० हजार लिटर दूध बिक्रीबाट दुई लाख ४० हजार रुपैयाँ र बार्षिक एक करोड ५० लाख लिटर दूध उत्पादन हुन्छ भने बार्षिक ८५ करोड रुपैयाँभन्दा बढीको दूध बिक्री हुने गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया