दोलखा र सगरमाथामा चीनसँग सीमा विवाद

बिजनेसपाटी ७ श्रावण
चीनले दोलखामा करिब ९ बिघा नेपाली जमिन आफ्नो भएको दाबी गरेको छ । नेपालले भने अस्वीकार गर्दे आएको छ ।

नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठका अनुसार दोलखा लामाबगर गाविसको लेप्चा गाउँस्थित कोर्लाङपारी हिमालको टिप्चा चुलीमा सीमा चिह्न चिनियाँले नेपालतिर सारेपछि उत्पन्न विवाद अझै समाधान भएको छैन ।

सो क्षेत्रमा सीमा चिह्न नम्बर ५७ नेपालतिर सरेको भेटिएको थियो । लामो समय फेला नपरेको सो सीमा चिह्न नेपालतिरको एउटा पहरोमा खोपिएको अवस्थामा ०६२ सालमा भेटिएको थियो ।

त्यसैगरी चीनले सगरमाथाको उचाइ तीन दशमलब १६ मिटर घटी हुनुपर्ने दाबी गरेको छ भने नेपालले साविक उचाइ ८ हजार ८ सय ४८ नै यथावत हुनुपर्ने दाबी गरेको छ ।

सीमाविदहरुका अनुसार चीनसँग १९६१ मा सीमांकन भएको थियो १९६३ मा ब्राउन्डी प्रोटोकलमा हस्ताक्षर भएको थियो । त्यसपछि बाउन्ड्री प्रोटोकल सन १९७९ र १९८८ मा नवीकरण भयो । त्यसयता नवीकरण भएको छैन ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया