दोश्रो त्रैमासमा सेञ्चुरी कमर्सियल बैंकको प्रगति यस्तो !

काठमाडौ, १४ माघ  ।

सेञ्चुरी कमर्सियल बैंकले बोनस तथा हकप्रद शेयर र  चार कम्पनीहरुलाई गाभेर ७ अर्ब ६७ करोड ९४ लाख रुपैयाँ पुजी पुगेको छ । बैंकले साबिक पुजीलाई १०८ दशमलवल १७ प्रतिशतले वृद्धि गरेको हो  । बैंकले चालु आबको दोश्रो त्रैमासमा खुद मुनाफा ४५ दशलमव १८ प्रतिशतले अर्थात् १४ करोड १ लाख मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले  १० करोड ३२ लाख रुपैयाँ मुनाफा गरेको थियो ।

त्यसैगरि बैंकले जगेडाकोषमा ११० प्रतिशतले वृद्धि गरी १ अर्ब ७६ करोड ९ लाख रुपैयाँ पुर्याएको छ । निक्षेपमा ५९ दशमलव ६८ प्रतिशतले वृद्धि गरी ५२ अर्ब १७ करोड ७१ लाख रुपैयाँ पुर्याएको छ । बैंकले यस आवधिमा कर्जामा ४७ अर्ब २ करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको तुलनमा ६२ प्रतिशतले वृद्धि हो ।

बैंकले खुद व्याज आम्दानीमा ४७ दशमलव ३२ प्रतिशतले वृद्धि गरेको छ ।  संचालन मुनाफामा १९ दशमलव ९५ प्रतिशतले वृद्धि गरी खुद मुनाफामा पनि ४५ प्रतिशतले वृद्धि गरेको छ । बैंकले यस अवधिमा ११ करोड १२ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ । जसले मुनाफा पनि बढाएको छ ।

बैंकको प्रतिशेयर आम्दानी ८ दशमलव ४७ रुपैयाँ,प्रतिशेयर नेटवर्थ १ सय २२ दशमलव ९३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २३ दशमलव ४९ गुणा, तरलता अनुपात २७ दशमलव २८ प्रतिशत रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया