दोस्रो नेशनल क्यापिल अवार्ड २०७३ हुने

विजनेसपाटी ३२ साउन
अनुजलाई अवसर अग्रजलाई आदर, आधुनिक गीतसंगीतको विकास र विस्तार भन्ने मूल नाराकासाथ दोस्रो नेशनल क्यापिटल अवार्ड २०७३ आयोजना हुन लागेको छ । नेपाली आधुनिक गीत संगीतको क्षेत्रमा लाग्ने कलाकारहरुका लागि २०७३ असार मसान्तसम्म प्रकाशन प्रशारण भएका सृजनाहरुलाई समावेश गराई नेशनल क्यापिटल अवार्ड २०७३ संचालान हुन लागेको हो । क्यापिटल इभेन्टद्धारा आयोजना गरिने नेशनल क्यापिटल अवार्ड २०७३ हुन लागेको हो ।

विभिन्न आधुनिक गीतसंगीत क्षेत्रका २३ विधामा अवार्ड हुनेछ । जस अनुसार सर्वाेत्कृष्ट राष्ट्रिय भावको गीत, सर्वाेत्कृष्ट नव प्रतिभा गायक, सर्वाेत्कृष्ट नव प्रतिभा गायिका, सर्वोत्कृष्ट डायस्पोरिक रचना, सर्वोत्कृष्ट डायस्पोरिक संगीत, सर्वोत्कृष्ट डायस्पोरिक गायन, सर्वोत्कृष्ट गजल रचना, सर्वोत्कृष्ट गजल संगीत, सर्वोत्कृष्ट गजल गायन, सर्वोत्कृष्ट म्युजिक भिडियो महिला मोडल, सर्वोत्कृष्ट म्युजिक भिडियो पुरुष मोडल, सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक, सर्वोत्कृष्ट गीत सम्पादक, सर्वोत्कृष्ट संगीत संयोजक, सर्वोत्कृष्ट युगल गायन, सर्वोत्कृष्ट वर्ष गीत, सर्वोत्कृष्ट गायक, सर्वोत्कृष्ट गायिका, सर्वोत्कृष्ट गीतकार, सर्वोत्कृष्ट संगीतकार, सर्वोत्कृष्ट एल्बम गरी २३ विधामा मनोनयन आवहान गरिएको छ । २०७३ भाद्र १० गते भित्र अवार्ड कार्यक्रममा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया