दोहोरो भूमिकामा मधेसी मोर्चा

काठमाडौं १२ भदौ

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धननले दवाव बढउन सत्तापक्ष र प्रतिपक्ष दुवैको भूमिका निर्वाह गर्ने रणनीति तय गरेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई मतदान गरी सत्तापक्ष बनेको मोर्चा/गठबन्धनले आफू अनूकुल संविधान संशोधन गर्न दोहोरो रणनीति अख्तियार गरेको हो ।

मोर्चाले सरकारलाई आफ्नो सहमतिमा संविधान संशोधन प्रस्ताव तयार गर्न दवाव दिइरहेको छ ।

सरकारबाट सत्ता पक्षकै रुपमा आवश्यक अन्य सहयोग पनि पाइरहेको छ तर उसले सडक आन्दोलनका कार्यक्रमलाई पनि निरन्तरता दिइरहेको छ ।

दोहोरो रणनीतिकै कारण मोर्चा/गठबन्धन सत्तारुढ दल भएर पनि व्यवस्थापिका संसद्मा प्रतिपक्षको रोमा बसेको छ । आजको राजधानी दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया