दोहोरो सिमकार्ड प्रयोग गर्ने बढे

काठमाडौँ १९ मंसिर

रसञ्चारको पहुँच विस्तारसँगै दोहोरो सिमकार्ड प्रयोग गर्नेको संख्यामा पनि वृद्धि भएको छ । कारोबार दैनिकमा समाचार छ  । सेवाप्रदायक कम्पनीहरुबीचको तीव्र प्रतिस्पर्धाका कारण भिन्न सुविधाका लागि उपभोक्ताले दोहोरो सिमकार्ड प्रयोग गर्छन् ।

डबल सिमकार्ड प्रयोग हुने स्मार्टफोन र एक कम्पनीबाट अर्कोमा लाग्ने शुल्कसमेत महँगो भएपछि दोहोरो सिमकार्ड प्रयोगकताको संख्या बढेको हो।

प्राधिकरणले सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम प्रतिवेदनका अनुसार साउनसम्म ३ करोड १८ लाख २० हजारमा दूरसञ्चार सेवा पुगेको छ ।

कुल दूरसञ्चार पहुँचमध्ये ३ करोड ग्राहक मोवाइल सेवामार्फत छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया