धरहराबाट टेलिकमले किन झिक्यो हात ?

काठमाडौँ ६ अशोज

२९ महिनाअघि भूकम्पबाट क्षतिग्रस्त धरहरा पुननिर्माणको जिम्मा लिएको नेपाल टेलिकमले पुननिर्माणबाट हात झिकेको छ ।

१६ महिनाअघि अर्थात २९ असार २०७३ मा मन्त्रिपरिषदको निर्णयपछि पुननिर्माणको जिम्मा लिएको टेलिकमले राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई पत्र लेख्दै पुननिर्माणबाट हात झिकेको हो ।

पुननिर्माण प्राधिकरणका सहसचिव एवं प्रवक्ता यमलाल भुषालले भने,

-कमर्सियल रुपमा धरहरा बनाउने योजना टेलिकमको थियो ।

-तर पुरातत्व विभाग र प्राधिकरणले पुरातत्व विभाग र प्राधिकरणले पुरातात्विक ढंगले बनाउनुपर्छ भन्नेमा थियो ।

-टेलिकमको र हाम्रो सोच मिलेन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया