धर्म परिवर्तन गर्न बाध्य पार्नेलाई कारवाही होस्-कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले संविधानले धर्म परिवर्तनलाई अपराध माने पनि आदिवासी जनजाति र दलितलाई धर्म परिवर्तन गर्न बाध्य पार्नेलाई कारवाही गर्न माग गरेका छन्।
 राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनले बुधबार राप्रपा नेपालको मुख्यालयमा गरेको कार्यक्रममा थापाले हिन्दु धर्मबारे नकारात्मक भ्रम फैलाएर आदिवासी जनजाति र दलितलाई धर्म परिवर्तन गर्न प्रोत्साहन गर्ने काम भइरहेको बताए।
उनले आदिवासी जनजाति र दलितलाई विदेशी धर्म अपनाउन लोभलालचमा पारिएको दाबी गरे। उनले विदेशी धर्मका प्रचारकले योजनावद्ध रुपमा गाउँगाउँमा गएर धर्म परिवर्तन गराइरहेको भन्दै संविधान र कानूनले निषेध गरेको गतिविधिमा संलग्न जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याइनुपर्ने बताए। थापाले नेपाली जनताको चाहना विपरित विदेशीको योजना अनुसार नेपाललाई धर्मनिरपेक्ष मुलुक घोषणा गरिएको भन्दै केही वर्षभित्रै नेपाल हिन्दु राज्य कायम हुने दाबी गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया