धितोपत्रबोर्डले लगानीकर्ताको अभिभावक बन्ने साहस देखाउला ?
नयन वास्तोला
मौसम अनुसार चलाइने हल्लाले अब चाँही ठाउँ लिन्छ भन्ने कुरा विभिन्न माध्यमबाट सुन्नमा आउँदा धितो पत्रबोर्ड अब आम लगानीकर्ताको अभिभावक बन्ने कि सिमित ब्यक्ति वा स्वार्थी समुहको अभिभावक बन्ने भन्ने प्रश्न खडा भएको छ ।
यदि यो अवसरमा लगानिकर्ताहरुको हित बिपरित हुने कुनैपनि निर्णय भएमा धितोपत्र बोर्डले अहिले सम्म बजार सुधार गरेका कामहरु मिथ्या साबित हुनेछ्न । त्यसकारण कुनै पनि निर्णय जस्तै ः भ्याट लाग्ने वा नलाग्ने, लगाउँदा कसलाई लगाउने र लगाउँदा कसरी लगाउने जस्ता कुराहरुको सोच बिचार गरि निर्णय गरिनु नै अबिभाबक बन्ने सुनौलो अबसर हुनेछ ।
दक्षिण एसियाकै महङ्गो कमिसन लगाई रहेको हाम्रो पुजिँबजारमा एक्कासि सिमित समुहको पछि लागेर कुनै निर्णय भएमा सेयर बजारको हालत के हुन्छ त्यसको हेक्का अविभावकले जान्ने कुरा नै हो ।
सेयर कारोबारमामा कसरी भ्याट लागू हुन्छ ? जहाँ आफ्नो नाफाबाट ५ प्रतिशत अनिवार्य आय कर तिरिरहेको हुन्छ । त्यसमाथी भ्याट लागू भए पुजिँ बजार नै बन्द गर्ने अवस्था आयो भने त्यसको जस कसलाई जान्छ । त्यो धितोपत्रबोर्डे गहिराईमा पुगि निर्णय गर्ने बेला आएको छ ।
धितोपत्र बोर्ड अबिभाबक मात्र नभएर सरकार पनि हो । र, भ्याट श्रावण एक गतेबाट लाग्ने भन्ने कुरा आउँदा लगानिकर्ताहरु आन्दोलित भएका छन् । ब्रोकर अफिसरुले जस्तै लगानिकर्ताहरुले पनि आन्दोलन गर्ने अवस्था आउन नदिन जति सक्दो छिटो समस्याको पहिचान गरि समस्या समाधानका पाइला चालियोस् । हैन, भने हाम्रो देशमा कुनै पनि अब्यवहारिक नियम कानुनको लागि आन्दोलन नै अन्तिम औजार भए जस्तै आम लगानिकर्ता आन्दोलनमा नजानुको विकल्प नरहन सक्छ ।
प्रकाशित मिति २०७४-३-३०
फेसबुकबाट तपाईको प्रतिक्रिया