धितोपत्रबोर्ड : अब अन्तराष्ट्रिय स्तरको पुँजीबजार कहिले ?

नयन बास्तोला

धितोपत्रबोर्डका अध्यक्षज्युले बेला बखत भन्ने गर्छन् ‘देशमा यस्तो वातावरण भएमा नेपाली पुजिँबजारलाई ‘उ’ बनाउन सकिन्छ’ । अनि म सोच्थे यो अध्यक्षज्युले भन्ने गरेको ‘उ’ चाँहि के होला ? तर बुझ्दैजाँदा अन्तराष्ट्रिय स्तरको पुँजीबजार बनाउन सकिन्छ भन्न खोज्नु भएको रहेछ । तर त्यसताका उहाँलाई सहयोग गर्ने संम्बन्धित निकायहरु सिङ सिउँरिदै हिँडेकाले केही गर्न सकेका थिएनन् भन्ने भनाइ सुनेको हँुदा यदि त्यो सत्य थियो भने अब तपाईंको अगाडि सुनौलो मौका आएको छ । नेपाली जनता तपाईं रेवतबहादुर कार्की अध्यक्ष भएको बेलामै नेपाली पुँजीबजारलाई अन्तराष्ट्रिय स्तरको भएको हेर्न र प्रयोग गर्न चाहन्छन् ।
म यो किन भनिरहेको छु भने तपाईंले जब धितोपत्रबोर्डको नेतृत्व सम्हाल्नु भयो त्यँहाबाट धेरै कुराहरुमा सुधार आएका छ्न । तरपनि अझै धेरै कामहरु हुन भने बाँकी नै छन् । यदि तपाईंले चाहनु भएको अबस्थामा कोहि कतैबाट पनि बाधा अबरोध हुनेवाला छैन । जस्तै नेप्सेले पनि नयाँ बडा हाकिम पाएको छ । उहाँ स्वयं भनिरहनु भएको छ सम्पुर्ण सहयोग रहन्छ ।

नयाँ सरकार बन्दैछ । पाइप लाइनका प्रधानमन्त्रीले भनी सकेका छन की जस्तोसुकै सहयोग गर्न तयार छौ । अब अर्थ मन्त्रालयका कर्मचारीले केही बाधा गर्न सक्लान् तर सबै कुरा सरकारले ब्यवस्था मिलाउने हँुदा तपाईं अगाडि बढ्नु भएको अबस्थामा तपाईंकै नेतृत्वमा पुँजीबजारमा स्वर्णिम युग सुरु हुने थियो । यति भन्दै गर्दा शंका गर्ने ठाउँ धेरै छन् । सरकारी कर्मचारीको काम गर्ने शैलीले ढिलो हुनसक्छ तर यदि साँच्चै नै दत्तचित्त भएर लाग्नु भयो भने मात्र छिटो गर्न सक्नु हुनेछ । जस्तै अनलाइन ट्रेडिङको हल्ला गरेर कालोबजारी गर्नेहरु बजारलाई आफनो अनुकुल बनाउन सफल पनि भए । यतिसम्म कि नेप्सेका महामहिमलाई पत्रकार सम्मेलन गर्न लगाए । त्यस्तै आज भोलि भ्याट र प्यानको आतन्क मच्चाइ रहेका छन् । यस्ता कुराहरु एक पटक उठाइसकेपछि स्थायी समाधान के हो भनी नखोजी स्थगन गरी आफ्नो अनुकुल यस्ता कुरा बजारमा हल्ला चलाइ मार्केटलाई तहस नहस बनाउन तल्लिन भएको देख्दा देख्दै नेप्से, धितोपत्र बोर्ड लगायत संम्बन्धित निकायहरु चुप भएको देख्दा नेपाली पुँजीबजारलाई थोरै ब्यक्तिले आफ्नो पेवा हो, यहाँ केही हुन्न दिन्न भन्नेहरुको मतियार भएको जस्तो देखिन्छ ।
खैर, अब बिगतलाई बिर्सिएर गर्न बाकी रहेका निम्न कुराहरुको लागि जतिसक्दो स्थायी समाधान गर्नुहुनेछ भन्ने बिश्वास छ ।

१) अनलाइन ट्रेडिङ जतिसक्दो छिटो ल्याउनु पर्यो ।
२) गैरआवासिय नेपालीहरुको चाहाना अनुसार उनीहरुलाई नेपाली पँुजिबजारमा लगानी गर्ने वातावरण तयार गर्ने ।
३) नेप्सेलाई पुर्ण अनलाइनकरण गर्ने ।
४) दुरदराजमा रहेका नेपालीलाई सेयर बजारमा लगानी गर्न सक्ने अबस्था सिर्जना गर्नुपर्यो ।
५) सूचीकरण भएका कम्पनीहरुलाई आफ्ना सेयर धनीप्रति उत्तरदायी बनाउने ।
६) डिम्याट आस्वा अनिवार्य भएपछी आइपिओको बाँडफाँड एक महिनामा हुनसक्ने तर कम्पनीहरुले प्रदान गरेको बोनस हकप्रद सम्बन्धि ब्यक्तीको खातामा पठाउन किन तीन महिना लगाउने ? त्यसको लागि १५ दिन तोकि अनिवार्य गर्ने ।
७) कुनैपनि कम्पनीले गलत सुचना प्रवाह गरि चलखेल गरेको पाइएमा तत्काल कार्वाही गरिनुपर्यो । जस्तै नेपाल दुरसचार कम्पनीले बुक क्लोजको मिति परिवर्तन गरेर चलखेल गर्यो ।

८) सबैभन्दा महत्वपुर्ण कुरा कम्पनीहरुले आफ्नो वासलातलाई समयमै प्रकाशित गर्दैनन् र गरेपनि सकेसम्म नबुझ्ने गरि, झुक्याउने गरि प्रकासित गर्ने गरेको हुँदा अब निश्चित समय भित्र प्रकाशित नगर्नेलाई तत्काल एक्सन लिने ब्यवस्था गरियोस् ।
९) हकप्रद, राइट सेयर एक पटक घोषणा गरिसकेपछि परिबर्तन गर्न नमिल्ने बनाइयोस ।
१०) हकप्रद घोषणा गरेको निश्चित समय भित्र अनिवार्य जारी गर्नुपर्ने बाध्यात्मक ब्यवस्था गरियोस् ।
११) सबै नेपालीहरुलाई सेयर बजारको बारेमा जानकारी दिने कुनै बुलेटिन वा टिभी कार्यक्रमहरु सञ्चालन होस ्।

१२) विभिन्न ब्यक्तिहरुलाई प्रयोग गरि सेयर बजारमा गलत बिश्लेषन गराई बजारमा चलखेल हुने गरेको हुँदा सेयर बिशेषज्ञको एउटा टिम खडा गरि बेला बेलामा पँुजिबजारको बर्तमान अवस्था र भबिष्य कस्तो छ जस्ता कुराहरुको लेख रचना, अन्र्तपवार्ता प्रसारण गर्ने ब्यबस्था गरियोस् । जसले अनावश्यक हलाहरुलाई निरुत्साहित गर्न सहयोग पुग्नेछ ।
१३ ) एक ब्रोकरमा नाम रजिस्टर गरिसके पछि जुन सुकै ब्रोकर बाट पनि कारोबार गर्ने ब्यवस्था गरेमा अझ सजिलो हुनेछ ।

यसरी नै बजारलाई अनुगमन निरिक्षण प्रतिबेदन जस्ता कुराहरु गरि नेपाली सेयर बजारमा भएका समस्याहरु समाधान गर्ने र गलत कुराहरुलाई निरुत्साहित गर्ने गरियोस् ।

प्रकाशित मिति २०७४-९-१३

 

फेसबुकबाट तपाईको प्रतिक्रिया