धितोपत्रबोर्ड र नेप्सेले गर्न बाँकी काम के छन् ?

नयन बास्तोला

धेरै समयको पर्खाइ र अन्योलताका बीच नेप्सेले अनलाइन टे«डिङ २०७४ सालको आश्विन महिनासम्ममा प्रयोगमा ल्याउने भन्दै नयाँ बर्षको शुभकामनासँगै जनता समक्ष प्रतिबद्धता जनायो । यो अति नै सराहनीय काम हो । तर आम लगानीकर्याकर्ताको मनमा यो खुल्दुली बढ्न थालेको छ कि अनलाइन टे«डिङ कसरी प्रयोगमा ल्याइन्छ ?
किन कि नेपालमा अहिलेसम्म डेबिड र क्रेडिट कार्डहरु अनलाइनमा प्रयोग आउन सकेका छैनन् ।

त्यसपछि सबै लगानीकर्ता ब्रोकरसँगै सम्पर्कमा रहनुपर्ने हुन्छ भने अनलाइन टे«डिङ कसरी प्रयोगमा ल्याइन्छ ?
आजको आजै किनबेच गर्न सक्ने वा आजको भोलि वा अहिले भएको प्लस ं३ कै ब्यबस्था गर्ने यस्ता कुरा सोच बिचार गरेर निर्णय गरियोस् ।
अनलाइन टे«डिङको ब्यवस्था भैसकेपछि day   खरिद बिक्रीको ब्यबस्था गर्नु नै उत्तम हुनेछ । यस्तो ब्यबस्था गरेपछि अर्को महत्त्वपूर्ण गर्नुपर्ने र गर्नैपर्ने काम भनेको ब्रोकर कमिसन र क्यापिटल गेनलाई घटाउनै पर्छ । एकै दिनमा धेरै कारोबार हुने हुँदा न ब्रोकरलाई घाटा हुन्छ न त सरकारलाई नै । त्यसकारण धितोपत्र बोर्ड र नेप्सेले यी कुरा सोचेर निर्णय गर्ने छन् भन्ने आम लगानीकर्ताले चासोको साथ हेरिरहेका छ्न ।

प्रकाशित मिति २०७४-१-६

फेसबुकबाट तपाईको प्रतिक्रिया