धितोपत्र दलालहरुलाई नेप्सेको निर्देशन
काठमाडौँ २४ फागुन
धितोपत्र दलालहरुलाई नेप्सेले शाखा बिस्तारको कामको प्रगति विवरण पठाउन निर्देशन दिएको छ ।
तोकिएको मापदण्ड अनुसार काम गर्न गत फागुन ११ गते नै शाखा विस्तारका लागि पत्राचार गरेको नेप्सले सोही अनुसार गराउन पुन निर्देशन दिएको हो ।
हाल संचालनमा रहेका ब्रोकरहरुलार्इ नेप्सेले शाखा बिस्तार गर्न निर्देशन दिएको थियो । बैंकलाइ ब्रोकर लाइसेन्स दिने कुरा बाहिर आउँदा चर्को बिरोध जनाएका ब्रोकरहरुले शाखा बिस्तारमा चासो नदेखाएपछि नेप्सेले निर्देशननै जारी गर्नुपरेको हो ।
देशैभरि हाल संचालनमा रहेका ब्रोकरलार्इ नै शाखा बिस्तार गर्न दिए शाखा विस्तार गर्न सकिने योजना ब्रोकरले अगाडि सरेका भएपनि लामो समय बित्दासम्म काम अघि नबढेपछि नेप्सेले धितोपत्र दलालसंग प्रगति बिबरण मागेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया