धितोपत्र बोर्डले बजारलार्इ प्रभावित पार्ने सूचना सार्वजनिक गरे शेयर कारोबार नै रोक्ने
काठमाडौँ १४ बैशाख
बजारलार्इ प्रभावित पार्ने सूचना सार्वजनिक गरे धितोपत्र बोर्डले शेयर कारोबार नै रोक्ने चेतावनी दिएको छ।
बुधवार प्रेश विज्ञप्ति जारी गर्दै बोर्डले बजारलार्इ प्रभावित गर्ने सूचना बोर्डलार्इ जानकारी नगरी सार्वजनिक गर्न रोक लगाएको हो। पछिल्लो समयमा सम्बन्धित निकायमा रहेकाहरुले जथाभाबी बोल्न थालेकाले ध्यान आकृष्ट भएको बोर्डले जनाएको छ ।
बोर्डको विज्ञप्तिमा भनिएको छ ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ बमोजिम आधिकारिक रुपमा बोर्डमा जानकारी गराई कम्पनीका आधिकारिक व्यक्तिबाट मात्र जानकारी गराउन निर्देशन गरिएको छ” ।
फेसबुकबाट तपाईको प्रतिक्रिया