धितोपत्र बोर्डले सम्पन्न गर्यो सचेतनामूलक प्रभातफेरी

बिजनेसपाटी २५ जेष्ठ

रजत जयन्तिको अवसरमा नेपाल धितोपत्र बोर्डले प्रभात फेरी सम्पन्न गरेको छ। २५ बर्ष पुगेको अवसरमा कर्मचारी युनियनको समन्वयमा बोर्डले बुधबार बिहान सचेतनामूलक प्रभातफेरी आयोजना गरेको हो।

प्रभातफेरी कार्यक्रम भद्रकालीबाट सुरु भई शहिदगेट, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर समापन गरिएको थियो। कार्यक्रममा धितोपत्र बजार सम्बन्धी विभिन्न सचेतनामूलक प्लेकार्डसहित बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सीडीएस एन्ड क्लियरिङ लिमिटेड, इक्रा नेपाल, धितोपत्र व्यवसायी (धितोपत्र दलाल, मर्चेन्ट बैंकर, निक्षेप सदस्य) लगायत निकायका पदाधिकारी एवं कर्मचारी समेत गरी करिब सात सय जना सहभागी भएको बोर्डले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया