धितोपत्र बोर्ड : आइपीओ र एफपीओमा भएको विभेदकारी नियम कहिले सच्याउने ?

नयन वास्तोला

धितोपत्र बोर्डमा अहिलेको नेत्रित्वले धितोपत्र कारोबारलाई आधुनिकरण गर्ने अठोटका साथ धेरै नियमहरु परिवर्तन गरी समय सापेक्ष बनाइ रहेको छ । आशा छ अरु धेरै कामहरु यसले गर्ने नै छ । तर कतिपय यस्ता नियमहरु छन । ती तत्काल परिवर्तन गनु पर्ने देखिन्छ कुनैपनि आइपीओ प्राथमिक सेयरमा कम्तिमा १० कित्ता सेयर मात्र बितरण गर्ने बिगतको नियम अब तत्काल परिवर्तन गर्नु पर्ने देखिन्छ । धितोपत्र कारोबारको दोस्रो बजारमा गत माघ २० गते देखी १ कित्ता सेयर पनि बिक्री गर्न सकिने नियम बनाइसकेको छ ।

यस्तो ब्यवस्था भएबाट आइपिओमा माग भन्दा अत्याधिक आबेदन पर्ने गरेको छ । तर त्यहाँ पैसा हुने र हुने खानेले मात्र सेयर पाइरहेको अवस्था पनि छ । यदी धितोपत्र बोर्डले धितोपत्र सम्बन्धी नियमावलीमा भएको मौजुदा नियमलाई तत्काल परिवर्तन गरी माग अनुसार जति आवेदन पर्छ, सबैलाई बराबरी पाउने ब्यवस्था गरेमा नेपालको सेयर बजारमा धेरै नेपालीको समाबेश रहने छ । यसले निम्न स्तरका नेपालीको पहँुच नेपालको सेयर बजारमा रहने छ ।
जस्तै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको आइपिओमा माग भन्दा धेरै गुण आवेदन परेको छ । यो कम्पनीको जम्मा माघ ३०,९६,४२९ बित्ता रहेको छ तर यहाँ यस्तो बिभेदकारी नियम छ । साना र ठुला लगानिकर्ता भनि पैसा र पहुँच हुनेको मात्र हालीमुहाली छ । किनकि पैसा हुनेले धेरै कित्ताको माग गरे । किनकि उनिहरुसँग पैसा अनि पहँुच पनि छ ।

त्यसकारण अब साना ठुला लगानीकर्ता नभनी सबै आबेदनलाई बराबरी बाँड्फाड गर्ने ब्यवस्था गरेमा नेपाल लाइफ इन्सुरेन्सको आइपिओले निम्त्याएको तरलताको समस्या हुनेवाला छैन । यदी यस्तो ब्यवस्था गरिएन भने अब आउन लागेको स्ट्यान्डर्ड चार्टर बैबको एफपिओले फेरी देशको अर्थतन्त्र नै हल्लाउने निश्चित छ् । त्यसकारण धितोपत्र बोर्डले ढिला नगरि प्राथमिक सेयरको निस्कासन सम्बन्धी नियम परिवर्तन गरी आइपिओ र एफपिओमा सबै नेपालीको सहभागीता हुने ब्यवस्था गरोस् । जसले धितोपत्र कारोबारमा धेरै भन्दा धेरै नेपालीको संलग्नता रहने की ?

(प्रस्तुत विचार सेयर बजारका पेशेवर साना लगानीकर्ता बास्तोलाको नीजी हुन् )

(यदी तपाईसँग पनि शेयर बजारबारे यस्तै सिर्जनशील विचार छन् भने इमेल पठाउनुहोला । हामी यथासक्य स्थान दिनेछौं–स)

 

प्रकाशित मिति २०७३-११-१९

फेसबुकबाट तपाईको प्रतिक्रिया